Loading...
Logo
Image

भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपा नेपालको निर्णय

जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको हो ।

भूमिसम्बन्धी अध्यादेशमाथि कार्यदल नै बनाएर अध्ययन गरेको जसपाले यो अध्यादेशमा सरकारलाई समर्थन नगर्ने भएपछि राष्ट्रियसभामा अल्पमतमा रहेको सरकारलाई नैतिक संकट पर्ने देखिएको छ ।

भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जनाएको जसपाले सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा भने समर्थन गर्ने बताएको छ । 

Comments

KATHMANDU WEATHER