- इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
- स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड
- भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना
- बालेनविरुद्ध अख्तियारमा उजुरी, लिफ्टमा अनियमितता भएको दाबी
- गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । ट्रम्पले पुटिनसँग आफ्नो कुराकानी भएको जानकारी दिएका छन् ।
बीबीसीका अनुसार कुराकानीबारे प्रतिक्रिया दिँदै ट्रम्पले भनेका छन्- राष्ट्रपति पुटिनसँग उनको भेट हुँदै छ । यद्यपि कहिले भेट हुनेछ भन्ने बारेमा भने ट्रम्पले खुलाएका छैनन् ।
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग उनले पुटिनसँग भेटवार्ता हुने सम्भावित स्थलको रूपमा भने केही खुलाए । उनले भने, 'हामी साउदी अरबमा भेट्नेछौँ ।'
यसअघि ट्रम्पले आफूहरू युक्रेन युद्ध समाप्त गर्न कुराकानी गर्नका लागि सहमत भएको बताएका थिए ।
उता क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले पनि यसबारे प्रतिक्रिया दिएका छन् । राष्ट्रपति पुटिनले ट्रम्पको उक्त सुझावको समर्थन गरेको उनले उल्लेख गरेका छन् । जसमा अमेरिकी राष्ट्रपतिले भनेका थिए- साथ मिलेर काम गर्ने समय आएको छ ।
-
-
-
4 months ago
एलन मस्कको बचाउमा उत्रिए ट्रम्प
Comments