
पाँचथरको फाल्गुनन्द गाउँपालिका– ३ का अध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ । ४७ वर्षको उमेरमा आफ्नै निवासमा उनको निधन भएको हो ।
क्यान्सरपीडित नेम्वाङ दुई वर्षदेखि उपचाररत थिए । विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । उपचारबाट निको हुने सम्भावना कम भएपछि पछिल्लो महिना उनी घरमै थिए ।
२०७४ र २०७९ को स्थानीय तह चुनावमार्फत उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस फाल्गुनन्द गाउँ कार्यसमितिका सभापतिसमेत हुन् । उनको निधनले फाल्गुनन्द गाउँपालिकासहित जिल्लाको राजनीतिमा ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बताए ।
Featured News
-
17 hours ago
उत्पादन कर्णालीमा, काठमाडौंमा व्यापार
-
-
Comments