# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २४ गते बुधबार । नेकपाभित्रको आन्तरिक विवाद मिलाएर स्थायी समिति बैठकका एजेण्डा तय गर्न बसेको नेकपा सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि भोलि बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।
बैठकका बीचमै छाडेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएपछि भोलिको बैठक अनिश्चित बनेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि बस्ने बैठकको एजेण्डा तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको छ ।
उनले बैठकको गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वयको सल्लाहपछि मात्र बैठक बस्ने/नबस्ने तय हुने बताए । 'बैठक बस्ने/नबस्नेबारेमा अहिले २ जना अध्यक्ष बालुवाटारमै छलफलमा हुनुहुन्छ', उनले भने, 'दुई अध्यक्षको छलफलपछि बैठकबारे ठोस निर्णय आउनेछ । २ अध्यक्षबीच बैठकको टुंगो र त्यसका एजेण्डा तय गर्न अहिले छलफल भइरहेको छ ।'
Featured News

Comments