Loading...
Logo
Image

लकडाउन बढेपनी ४४ प्रकारका उद्योग शुक्रबारबाट सञ्चालनमा आउने

काठमाडौं, बैशाख २४ गते बुधबार । सरकारले लकडाउन अवधि ५ जेठसम्म लम्ब्याए पनि विभिन्न ४४ प्रकारका उद्योग भने खुल्ने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।


शुक्रबारबाट सञ्चालनमा आउने उद्योगहरु: 
 खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
- दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
- औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरू
- खाने पानी उत्पादन गर्ने उद्योगहरु

- इँटा उद्योग
- पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
- खाने तेल तथा घ्यू उद्योग
- चिनी उद्योग
- चिया प्रशोधन उद्योग
- एलपीजी ग्याँस उद्योग

- प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
- कफि उद्योग
- पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
- नूडल्स तथा तयारी चाउचाउ उद्योग
- मसला उद्योग

- अलैंची र अदुवा प्रशोधन उद्योग
- कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
- धान चामल र चिउरा उद्योग

- दाल उद्योग
- पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
- खानी तथा खनिजजन्य उद्योग
- बालुवा प्रशोधन तथा क्रसर उद्योग
- सिमेण्ट उद्योग

- आइरन तथा स्टिलउद्योग
- पेन्टिङ्गस (रंगरोगन) उद्योग
- जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
- बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
- जुुस तथा हल्का पेयपदार्थ उद्योग
- प्लाइउड र भेनिर उद्योग

- विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
- जस्ता पाता उद्योग
- हेभी मेशीनरी औजार मर्मत संभार
- खनिजजन्य उद्योग र खानीहरु -लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
- समिल र काष्ठ उद्योग
- आल्मुनियम उद्योग
- ग्रील उद्योग
- फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
- ढुवानी तथा कार्गो सेवा उद्योग
- मेसिन पार्टपूर्जा वर्कसप उद्योग
- मोटर ग्यारेज वर्कसप उद्योग
- छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

- सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
- विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
- औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग 

 

Comments