Loading...
Logo
Image

कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, अमेरिकामा मात्र १३ लाख २१ हजार बढी संक्रमित

मेरो अनलाइन

काठमाडौं, बैशाख २७ गते शनिबार । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख १२ हजार नाघेको छ । कोरोना भाईरसका कारण अहिलेसम्म विश्वभर २ लाख ७६ हजार २ सय २६ जनाको मृत्‍यु भैसकेको छ । 

कोरोना भाईरसबाट  अमेरिकामा मात्र १३ लाख २१ हजार बढी संक्रमित भएका छन् । वर्ल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म त्यहाँ मृत्‍यु हुनेको संख्या ७८ हजार ६ सय १५ पुगेको छ ।  

स्पेनमा संक्रमितको संख्या २ लाख ६० हजार नाघेको छ । जसमध्ये २६ हजार २ सय ९९ सयको मृत्‍यु भएको छ । 
 
इटालीमा २ लाख १७ हजार व्यक्ति संक्रमित भएका छन् । त्यहाँ कोरोनाबाट ३० हजार २ सय १ जनाको ज्यान जाँदा ९९ हजार उपचारपछि घर फर्किएका छन् ।


बेलायतमा २ लाख ११ हजार ३ सय  व्यक्तिमा ६४ संक्रमित भएका छन भने ३१ हजार २ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

रसियामा संक्रमितको संख्या १ लाख ८७ हजार नाघेको छ । फ्रान्समा अहिलेसम्म १ लाख ७६ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । त्यहाँ २६ हजारको मृत्यु हुँदा ५५ हजार ७ सय व्यक्ति निको भएका छन् ।

जर्मनीमा १ लाख ७० हजार ५ सय व्यक्तिमा कोरोना संक्रमित भएका छन् तिमध्ये १ लाख ४१ हजार ७०० उपचारपछि घर फर्कदा ७ हजार ५ सय १० जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलमा कोरोनाबाट १ लाख ४६ हजार ८ सय व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । त्यहाँ १० हजार १७ जनाको मृत्यु भएको छ । 

टर्कीमा १ लाख ३५ हजार ५ सय भन्दा बढीमा कोरोना पुष्टि भएको छ भने इरानमा संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ । 

त्यस्तै, चीनमा ८२ हजार ८ सय, क्यानडामा ६६ हजार ४ सय, पेरुमा ६१ हजार ८ सय, भारतमा ५९ हजार ९ सय व्यक्ति संक्रमित भएका छन् । 

अहिलेसम्म विश्वमा १३ लाख ८५ हजार १ सय ८६ जना उपचारपछि घर फर्किएका छन् । 

Comments