संसार कोभिड -१९ ले ग्रस्त भएको बेला हाम्रो छिमेकी राष्ट्र भारतले डिजिटल माध्यम्को प्रयोग गर्दै बिबादित् क्षेत्र लिपु लेकमा आफ्नो असली छिमेकीको रुप देखायो । छिमेकी भन्नु कि पराइ भन्नु ? मित्र भन्नु कि दुस्ट भन्नु ? यस्को परिभाषा खोज्दै गरौला तर अहिले हाम्रो भुमी खोज्नै पर्ने टड्कारो आबश्यक्ता हामीमा छ । अज उधेक लाग्दो त के छ भने भारतिय मिडिया र प्रोफेसर एस्. डि.मुनीले समेत् नेपाल चाइनाको ईशारामा काम गरेको भनेर आरोप लगाउनु उनिहरुको अल्पज्ञान र नेपाललाई हेर्ने उनिहरुको अदुर दृष्टि बाहेक केही हुन सक्दैन । सांस्कृतिक र भौगोलिक रुपले हामी भारतिय प्रती जती नजिक छौ यो दुनियाँमा अरु कुनै अरु राष्ट्र हुनै सक्दैन । यो कुरा के एउटा जे. एन .यु .युनिभर्सिटिका प्रोफेसरलाई थाहा छैन ? किन हामीलाई जाना जानी चाइनाको पोल्टामा फाल्दै छ भारत ? के यो भारतीय शासक्को ठुला दाई प्रब्रिती होइन ? यदी ठुला दाई प्रबृत्ति नै हो भने पनि अहिलेको दुनियाँमा दाई भाई र बाबु छोरा को हैसियत बराबर हुन्छ भन्ने पाठ हामीले भारतलाई सिकाउनु पर्ने हो ? भारतीयले हेक्का राख्नु पर्ने कुरा के छ भने अहिलेको नेपाल भनेको १९ सौ सताब्दिको नेपाल होइन । यो बिचमा नालापानीमा रगत र कालापानीमा पानी धेरै बगेको छ र आबश्यक परे अझै बग्ने छ । सन् १८१६ को सुगौली शन्धिले प्रस्टै भन्छ महाकालीबाट पूर्व नेपाल हो । तत्कलिन ब्रिटिश ईन्डियाले स्विकारेको यथार्थ अब भारतले किन नस्विकर्ने ? के हामीले दिल्ली मुम्बई मागेको हो ? यो बिषय आज मात्र उठेको भन्नु सरासर बेईमानी मात्र हो नेपालले आज भन्दा २० बर्ष पहिले नै उठाएको छ र सन् २०१५ मा भारत र चाइनाले लिपुलेक हुँदै चाइना जाने सडकको सम्झौता गर्दा नेपालले काठमाडौंमा असहमती जनाएको छ । नेपालले पटक पटक कुट्नितिक नोट जारी गरेको छ र इपिजी प्रतिबेदन बुज्न गरेको आग्रह भारतले गरेको आनकानीले प्रस्ट हुन्छ भारतले यो बिषयमा छलफल नै गर्न चाहन्दैन । नेपाल सरकारले जारी गरेको नयाँ नक्सा भारतको लागी र बाँकी बिश्वको लागी एउटा कुट्नितिक जबाफ मात्र हो । हामीले भारतलाई रिझाउन आबश्यक पनि छैन र बढी उत्तेजित भएर गिजाउन आबश्यक पनि छैन । जे बोल्छ तथ्य र प्रमाण बोल्छ । हामी सँग प्रयप्त तथ्य प्रमाण छन् जुन नौ कक्षाको बिद्यार्थीले पनि हाम्रा प्रमाणको ठेली बनाइदिन सक्छ । अब कुरा रह्यो जमिन फिर्ताको । नक्सा जारी गरेर खल्तीमा राखेर मात्र के गर्नु ? जमिन् भारतको अधिनमा भएपछि ? यो तर्क पनि केही हदसम्म ठिकै हो तर अहिलेको लागी नक्सामात्र जारी गर्नु पनि कुट्नितिक रुपले ठुलो अर्थ राख्छ । भारतलाई कुट्नितिक र नैतीक दावाब परेको छ । भारतको 'नेभरहूड फस्ट' नितिमा भारतमा नै आलोचित छ ।
आजसम्म बनेका भारतीय प्रधानमन्त्रीमा बार्हौ प्रधानमन्त्री आइ के गुज्रालले सन १९९७/ ९८ मा नेपालको तर्फबाट उठेको कालापानी बिषयमा भनेका छन् यदी नेपालले प्रमाण ल्याउछ भने हामी फिर्ता दिन्छौ । तर नेपालको सम्सदमा नै सम्बोधन गरेर वाहवाह बटुलेका मोदिले किन यत्ती बोल्न सक्दैनन् ? नेपालले पनि बिना प्रमाण र आधार दाबी पक्कै गरेको छैन । हाम्रा अडान र प्रमाण प्रस्टै छन् लिम्पियाधुराबाट निस्केको महाकाली नदी नै नेपालको सिमा हो । सन १९६२ मा भारत चाइना युद्दमा नेपालले भारतीय सैनिकलाई आस्थायी रुपले कालपानीमा बस्न दिएको र पछी उनिहरुले कालापानी सधैंको लागी ओगटेको देखिन्छ । कसैलाई एक रात बास दिंंदा भोलीपल्ट उठेर घरै आफ्नो दाबी गरे जस्तो बाल हठ अथवा दादागिरी नेपाली माथि भरातले गरेको देखिन्छ । भारतले सहजै कालापानी लिपु लेक फिर्ता गर्ने देखिदैन । सकेसम्म उनिहरु बार्तामा नै बस्न चाहदैनन् । हामीले अब सुबुुद पनि देखाउन आवश्यक छ । हात्तीलाई फकाएर पनि काममा लगाउन सकिन्छ । चार धाममा एक धाम भारत मै छ । हामीलाई गया काँसी र उनिहरुलाई पशुपती नपुगे स्वर्ग नपुग्ने हाम्रो धर्म छ । यस्को अर्थ सांस्कृतिक रुपले पनि हामी जोडीयका छौं । घरको धुरी जोडियएछी बलेनीको पानीमा बिबाद संसारमै हुन्छ । एउटा रोचक घटना के छ भने पल्लो गाउँको गोरु आए वल्लो गाउँको मकै खायो । मकै धनीले गोरु ल्याएर बांधे पछी गोरु धनीलाई हर्जना तिर्न भनियो । तर गोरु धनीले गाइको बाच्छाले खाएको एक रुपैयाँ हर्जना तिर्दिन भनेर अड्डि लियो । लामो समय बिवाद बढे पछी गोरु धनीलाई बनको कानुन र नियम देखाएर बनमा टेकेको मात्रै छुटै हर्जना लाग्ने र यो बिषय बन बिभागमा पुग्ने भनेपछि झस्कियो र हर्जना तिर्न तयार भयो । चाहे राष्ट्र राष्ट्र होस् वा वल्लो गाउँ पल्लो गाउँ होस् सबैलाई बांध्ने भनेको नियम कानुन नै हो अब हामीले संयुक्त राष्ट्रसँग र अन्तरराष्ट्रिय सिमा सम्बन्धि कानुन नदेखाएसम्म भारतले हामीलाई टेर्दैन यो पक्का हो । भारतीय सेना प्रमुखको अभिब्यक्तीले पनि त्यही भन्छ ।
आजसम्म किन हेप्यो भारतले नेपाललाई ?
यो प्रश्नको जबाफमा हाम्रा आफ्नै कमी कमजोरी छन् । छिमेकले त्येतिबेला हेप्न थाल्छ जती बेला सम्म आफनै घर बलियो हुदैन। नेपाल कहिलै पनि राजनैतीक, आर्थिक र सामाजिक रुपले बलियो हुन सकेन । पटक पटक राजनैतीक शरण भारतमै लियो । नेपालमा मन्त्री हुन टिकट पाउन दुतबास छिरियो। त्यतिमात्र होइन भारतीय बिश्वबिधालयको छात्रबृत्तिको लागी समेत भारतीय दुतबासमा शरण लिईयो । देशलाई आत्म निर्भर बनाउने भन्दा बढी पर निर्भर बनाउदै लगियो । सुन देखी नुन भारत कै खाने अनी हेप्यो भन्ने ? पहिला देशलाई आर्थिक रुपले निर्भर बनाउदै जाउ । डिजेल पेट्रोलको परनिर्भरता हटाएर बिद्युतिय साधनको प्रयोग बढाउ । आफ्नै देशमा औषधी उत्पापदन गर । कहिलेसम्म हामीले भारतको औषधी खाने ? खाना पकाउने चुलो देखी सडकसम्मको पर निर्भरता नहटेसम्म छिमेकीले हामीलाई हेपी नै राख्छन् । राजा देखी राणाहरुले छोड्दै छोडदै जाँदा देशको सिमा हराउदै गयो । हाम्रा पूर्खाले छोडे भनेर हामी छोड्न सक्दैनौ । यही सिमाको लागी नालापानीमा रगत धेरै बगेको छ ।
-
4 years ago
मेरो तर्फबाट रु. ५० हजार है !
-
-
4 years ago
कोरोनाले नेपाललाई झुक्याउने भयो
Comments