Loading...
Logo
Image

आजदेखि बैंक तथा वित्तीय संस्था बिहान ८ बजेदेखि खुल्ला हुने

आजबाट पूर्णरूपमा देशभरका बैंक तथा वित्तीय संस्था खुलेका छन् । राष्ट्र बैंकको निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाले बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिने छन् ।

अर्थतन्त्रलाई चलायमान राख्न सरकारले लकडाउनलाई केही खुकुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थाहरूले पूर्णरूपमा सेवा दिन थालेका हुन् ।

२ सिफ्टमा सञ्चालन गरेर बैकिङ कारोबारलाई पुन सुचारू गर्न राष्ट्र बैंकले आइतबार विज्ञप्ती निकालेर नै निर्देशन दिएको थियो ।

यसरी खोलिने बैंकमा कार्यरत कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंक स्वयंमले आफ्ना कर्मचारीलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत राष्ट्र बैंकले उल्लेख गरेको छ ।

आजबाट पूर्णरूपमा बैंकहरू खुलेपनि ग्राहकलाई भने सकेसम्म बैंक आउनुको साटो अनलाइन बैंकिङको प्रयोग गर्न बैंकरहरूले सुझाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरण श्रेष्ठले बैंक खुले पनि अत्यावश्यक बाहेकका काममा नआउनु ग्राहकलाई अनुरोध गरेका छन् । उनले भने, ‘हामी कोरोनाको जोखिममा पनि सेवा दिन खटिरहँदा ग्राहकले पनि सानातिना कारोबारका लागि बैंक नआए जोखिम केहि कम हुन्छ ।’ अत्यावश्यक कामबाहेक बैंक नआउन र अनलाइन बैकिङ प्रयोग गर्न श्रेष्ठको सुझाव छ ।

राष्ट्र बैंकले भने बैंकमा हुने भिडभाडलाई व्यवस्थापन गर्दै दूरी कायम गरेर २ सिफ्टमा नै सञ्चालन गर्न भनेको छ । 

स्रोत: Shilapatra

Comments