'आईएमएस' र 'सबको फोन'ले 'आईएमएस सबको फोन Exchange' को घोषणा गरेका छन् । दुवै कम्पनीले साझेदारी गरी विभिन्न ब्रान्डका मोबाइल प्रयोगकर्ताहरूलाई आफूले प्रयोग गरेको फोन साटी सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो होस् भन्ने उद्देश्यले मोबाइल एक्सचेन्ज सुविधा सुरु गरेका हुन् ।
कम्पनीका अनुसार, यो एक्सचेन्ज सुविधाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेका जुनसुकै ब्रान्डका मोबाइललाई नयाँ सामसुङ स्मार्टफोनसँग साट्न सक्नेछन् । आईएमएस 'सबको फोन एक्सचेन्ज सुविधा'अन्तर्गत प्रदान गरिने वेबमा आधारित प्रणालीको प्रयोग गरी ग्राहकहरूले आफूले प्रयोग गरिरहेको फोनको विवरण भरी मात्र १ मिनेटमा फोनको मूल्य प्राप्त गरी नयाँ सामसुङ स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सक्नेछन् ।
यस्तो एक्सचेन्ज सुविधा प्राप्त गर्नका लागि ग्राहकले आफूले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ । प्रथम चरणका लागि यो सुविधा हाल सामसुङको आधिकारिक आईएमएस स्मार्ट आउटलेटहरू र काठमाडौंमा रहेका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ ।
सबको फोनका संस्थापक उत्तम काफ्लेले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै आईएमएस र सबको फोनबीचको यस साझेदारीले मोबाइल प्रयोगकर्ताहरूलाई मोबाइल एक्सचेन्ज सहज र छिटो बनाउँदै उचित मूल्य प्रदान गर्नेे लक्ष्य राखिएको बताए । 'एकपटक प्रयोग गरिएका फोनहरूलाई upcycle गरी पुनःप्रयोग गर्न सके विद्युतीय फोहोरको (ई–वेस्ट) समस्यालाई समेत सम्बोधन गर्न सकिन्छ । हामीले सुरु गरेको यस प्रयासले नेपालमा वातावरण र पुनःप्रयोगप्रति जिम्मेवार र सामाजिक उत्तरदायी उद्यमशीलताको प्रतिनिधित्व पनि गर्नेछ,’ उनले बताए ।
आईएमएस ग्रुपका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले सबको फोनसँगको सहकार्यले नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, 'यो सुविधाको कार्यान्वयन पहिलो चरणमा काठमाडौंका आउटलेटहरूमा केन्द्रित हुने र बिस्तारै एक्सचेन्ज सुविधा नेपालभर उपलब्ध गराउने योजना राखेका छौँ ।'
-
-
-
9 months ago
काभ्रेपलाञ्चोकमा बृहत् कृषि महोत्सव सम्पन्न
Comments