Loading...
Logo
Image

नेपालीलाई झुक्याउदैछ कोरोनाले: लक्षणविनै संक्रमण, थाहै नपाई मृत्यु

नेपालभित्र कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । विश्‍वभर कोरोना संक्रमितमध्ये साढे ६ प्रतिशत मानिसको मृत्यु हुँदा नेपालमा त्याे अनुपात ०.०७ प्रतिशत छ । यद्यपि, विश्‍वका अन्य देशको तुलनामा नेपालमा संक्रमणको दर अलि पछिबाट बढ्न थालेको हो ।

पहिलो चरणमा विदेशमा रहेका केही नेपालीमा कोरोना संक्रमण देखिएको थियो भने त्यसपछि देखिएका अधिकांश संक्रमितमध्ये विदेशबाट फर्किएका छन् । विदेशबाट फर्किएका नागरिकलाई देखिएको र ती नागरिकसँग सम्पर्कमा आएका पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

कतिपयलाई अस्पतालमा सरेको हुनसक्ने आशंका गरिएको छ । नेपालमा कोरोना संक्रमित देखिएका मध्ये अधिकांशमा लक्षण कम देखिएको छ । अथवा अधिक ज्वरो, श्वासप्रश्वासमा समस्या, सुख्खा खोकी लाग्नेजस्ता लक्षण देखिएका छैनन् ।

२ महिनादेखि बन्दाबन्दी लागू गरेको सरकारले निरन्तर मुख्यतः २ कुरामा नागरिकको ध्यान आकर्षित गरेको छ । पहिलो– कोरोनाको लक्षण ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने र सुक्खा खोकी निरन्तर लाग्यो भने संक्रमण भएको हुन सक्छ । यस्ता लक्षण देखिनासाथ तुरुन्त स्वास्थ्य संस्थाको सम्पर्कमा आउनुस् । दोस्रो विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बस्नुस् र एकआपसमा सामाजिक दूरी कायम गर्नुहोस् ।

संक्रमितको संख्या ४ सय ४४ पुग्दा हालसम्म नेपालमा कोरोना संक्रमणपछि ४५ जना नेपाली निको भएका छन् । विदेशबाट आएका र नेपालमै पनि देखिएकामध्ये ४५ जना कोरोना संक्रमित निको भएका छन् । यसमध्ये काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएकी ८१ वर्षीया वृद्धा संक्रमणमुक्त भएकी छन् ।

नेपालमा मृत्यु भएका तीनै जना कम उमेरका देखिएका छन् । २ जनामा भने मृत्युपछि मात्रै कोरोना पुष्टि भएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्युपछि मात्रै कोरोना भएको पुष्टि भयो ।

उनी टिचिङ अस्पतालमा गर्भवती भएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोक गएकी उनमा समस्या देखिएपछि काभ्रेको धुलिखेल अस्पतामा ल्याइएको थियो । उनीलाई अस्पतालमा ल्याई नपुर्‍याउँदै मृत्यु भएको बताइएको छ ।

बाँकेका २५ वर्षीय पुरुषले पनि आफूलाई कोरोना भएको थाहा पाउन सकेनन् । भारतबाट आएका उनी सरकारले तोकेको क्यारेनटाइनमा बसेका थिए । निरन्तर वाकवाकी भएर उनको मृत्यु भएको थियो । उनको मृत्युपछि मात्रै संक्रमण देखिएको प्रमाणित अस्पतालले गरेको छ ।

गुल्मीका ४१ वर्षीय पुरुषमा पनि कोरोना कसरी सर्‍यो, कहाँ सर्‍यो भन्ने अन्योल छ । स्थानीय मेडिकलमा अन्य रोगको आशंकामा उपचार गरेका उनी १ जेठ मा बुटवलको क्रिमसन अस्पतालमा भर्ना भए । ५ गते कोरोना भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गर्‍यो । मन्त्रालयले पुष्टि गरेको ३ दिन पनि उनी बाँच्न सकेनन् ।

नेपालमा कोरोना देखिएका अन्यको अवस्था सामान्य रहेको बताइएको छ । यद्यपि कतिपयलाई संक्रमण देखिएको लामो समयसम्म पनि आइसोलेसनमा पुर्‍याइएको छैन भने समूहमा  नै राखिएको छ । कतिपय संक्रमित खुल्ला चौरमै रात बिताउन बाध्य छन् ।

दैलेखका युवामा कोरोना संक्रमण पुष्टि भएको २३ घण्टापछि मात्रै उपचार सुरु गरेकाे खुलेकाे छ ।दैलेखको सरस्वती माविको क्वारेन्टाइनमा बस्दै आएका उनलाई कहाँ लाने भन्ने अन्योल भएपछि २३ घण्टापछि मात्रै दैलेखको आइसोलेसनमा पुर्‍याइएको थियो । उनी कर्णाली प्रदेशमा कोरोना भाइरस पुष्टि भएका पहिलो संक्रमित पनि हुन् ।

एकातर्फ क्वारेन्टाइन व्यवस्थित हुन सकेको छैन भने कति व्यक्ति कोरोना संक्रमण भएको थाहा नपाउँदै मृत्यु भएकाले अन्योल बढाएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । अहिले प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित पुगेका छन् । क्वारेन्टाइन र उपचार गर्ने अस्पतालमा समेत प्रदेशमा ५ मा समस्या देखिएको छ । उचित व्यवस्थापन र सतर्कताका लागि जनस्वास्थ्य विज्ञहरूले निरन्तर सरकारको ध्यानाकर्षण गराए पनि सरकारको तयारी भने अझै पूरा भएकाे देखिएको छैन 

स्रोत: Shilapatra

Comments

KATHMANDU WEATHER