स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने सरकारको निर्णय
सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्कोआज बसेको बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेको हो । स्थानीय निर्वाचन ऐनको दफा ३ अनुसार पदाधिकारीको समयावधि सकिनु दुई महिनाअघि निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार सरकारले वैशाख अन्तिममै निर्वाचन गर्ने निर्णय गरेको हो । ....